नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता

अन्य राष्ट्रिय

Posted by boudhasancharadmin on 2025-06-05 06:46:43 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 48


नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता

तनहुँ जिल्लाको व्यास नगरपालिका–३ र ५ जोड्ने झोलुङ्गे पुलबाट मादी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन्।

सोही नगरपालिका–२ बस्ने तारालाल मल्लको सशस्त्र प्रहरी बलको गोताखोरले खोजी कार्य सुरु गरेको छ।जेठ २१ गते बिहान मर्निङ वाकमा निस्केका उनी अबेरसम्म घर नआएपछि खोजी गर्ने क्रममा झोलुङ्गे पुलको नजिकै उनको जुत्ता, पर्स तथा सरी भनेर लेखिएको सुसाईट नोट फेला परेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। 

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण तनहुँ विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज उनको खोजिकार्यको लागि परिचालन भएको थियो। उनको खोजीका लागि बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोर परिचालन गरिएको छ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com