रेकर्ड तोड्दै कामीरिताले ३१ औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

अन्य फरक

Posted by boudhasancharadmin on 2025-05-27 06:13:13 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 64


रेकर्ड तोड्दै कामीरिताले ३१ औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

कामीरिता शेर्पाले आफ्नो पुरानो ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

आज मंगलबार बिहान आरोहण गरेर उनले यसअघि बनाएको आफ्नै रेकर्ड तोडेका हुन्। रेकर्ड तोडिएसँगै उनले नयाँ विश्व रेकर्डसमेत बनाएका हुन्।गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि १० दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए।

यसपटक उनी लेफ्टिनेन्ट कर्णेल मनोज जोशीको नेतृत्वमा रहेकाे २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए। दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिता २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com