बेपत्ता किशोरको शव भेटियाे

स्वास्थ्य दुर्घटना

Posted by boudhasancharadmin on 2025-05-19 06:26:30 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 163


बेपत्ता किशोरको शव भेटियाे

 म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको छ।

घुमाउने तालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए। गोताखोर टोलीले करिब १५ फिट गहिराइबाट मल्लको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिए।

बेपत्ता किशोर खोज्नका लागि सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट आएको प्रहरी निरीक्षकको नेतत्वमा चार जना गोताखोर र पाँच जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएका थिए।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com