जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

अन्य राष्ट्रिय

Posted by boudhasancharadmin on 2025-05-15 05:02:09 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 174


जुवातास खेलिरहेको अवस्थामा  १० जना पक्राउ

काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-८ कोशीपारी बस्ने शिव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-८ बस्ने ३३ वर्षीय सविन श्रेष्ठ समेत १० जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६ सय ४५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-११ घर भएका २९ वर्षीय नरेन्द्र केसीको कोठामा जुवातास खेलिरहेको अवस्थामा नरेन्द्र समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८ सय ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।


Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com