बीपी स्मृति अस्पताललाई महानगरले तिरायो ५० हजार जरिवाना

अन्य अन्य

Posted by boudhasancharadmin on 2025-05-08 06:25:52 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 32


बीपी स्मृति अस्पताललाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले बीपी स्मृति अस्पताललाई ५० हजार जरिवाना तिराएको छ । अस्पतालले हानिकारक फोहर निर्मूलीकरण नगरी  सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुन्जेल फोहर राख्ने जस्ता लापरवाही गरेपछि महानगरले जरिवाना गरेको हो । कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकाले जरिवाना गरिएको महानगरले जनाएको छ । 

महानगरले दिएको जानकारी अनुसार सोमबार गुनासो दर्ता भए लगत्तै विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधिसहित अनुगमन गएका थिए । अनुगमनमा पुग्दा अस्पतालहरूले हानिकारक फोहर व्यवस्थापनमा गरेका लापरवाही तरिकाले राखेको भेटिएको हो ।


Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com