सप्तरी कारागारबाट कैदी फरार

अन्य फरक

Posted by boudhasancharadmin on 2025-04-28 05:54:42 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 73


सप्तरी कारागारबाट कैदी फरार

सप्तरी कारागारबाट एक जना कैदी फरार भएका छन् । सोमबार बिहान सप्तरी कारागारबाट एक जना कैदी हाम फालेर फरार भएको प्रहरीले जनाएको छ । कारागारबाट रामानन्द मण्डल फरार भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार आइतबार राती १० बजेसम्म कारागारमै रहेका मण्डल बिहानबाट बेपत्ता भएका हुन् । 

प्रहरी प्रमुख खतिवडाले भने,‘हिजो राती १० बसेसम्म मण्डल कारागारमै थिए, तर जब चट्याङसहित बेस्सरी पानी पर्न थाल्यो, त्यही मौका छोपी उनी फरार भएको देखिएको छ ।’ तर,कहाँबाट कसरी भागे त्यो अझै खुल्न नसकेको उनले बताए । यद्यपि, वालबाट हाम फालेर मण्डल फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी खतिवडाको भनाइ छ ।

मण्डल काठमाडौँबाट चोरी मुद्दामा पुर्पक्ष भई सप्तरी कारागार चलान भएका थिए । उनी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर– ११ निवासी रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com