गाजामा खाद्यान्न, इन्धन र खोपको गम्भीर अभाव

अन्य फरक

Posted by boudhasancharadmin on 2025-04-25 05:37:11 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 80


गाजामा खाद्यान्न, इन्धन र खोपको गम्भीर अभाव

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा करिब ५० दिनदेखि जारी नाकाबन्दीका कारण खाद्यान्न, इन्धन, खोप र चिकित्सा सामाग्री जस्ता अत्यावश्यक वस्तुहरूको गम्भीर अभाव भएको जनाएको छ ।

गाजाको पछिल्लो अवस्थाबारे जानकारी दिँदै एजेन्सीले खाद्य अभाव अत्यधिक भएको र लाखौं मानिसहरू दैनिक जीवनका लागि आवश्यक सामग्रीको चरम अभावमा रहेको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले गाजाको अवस्था अत्यन्त चिन्ताजनक भएको बताउँदै बालबालिकाहरू कुपोषणको उच्च जोखिममा रहेको र बिरामीहरूले उचित उपचार नपाई ज्यान गुमाउनु परेको दुःखद अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले मानवीय दृष्टिले नाकाबन्दी तुरुन्त हटाइनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जारी गरेको पछिल्लो बजार अनुगमन प्रतिवेदनअनुसार, गाजाको नाजुक अर्थतन्त्रमा नाकाबन्दीका कारण अत्यावश्यक वस्तुहरूको मूल्यमा १५० देखि ७०० प्रतिशतसम्म वृद्धि भएको देखिएको छ । यसले आम जनताको जीवनस्तरमा गहिरो असर पारेको छ ।

युएनआरडब्लुएका अनुसार, धेरै परिवारहरू इन्धनको अभावका कारण फोहोर सामग्री वा काठ जलाएर खाना पकाउन बाध्य छन्, जुन स्वास्थ्य र वातावरण दुबैका लागि जोखिमपूर्ण मानिन्छ ।

दैनिक प्रेस ब्रिफिङमा डुजारिकले कार्यवाहक मानवीय संयोजक सुजाना टकलेक तथा ओसीएचए ९ओसीएचए० टोलीले डेर अल–बलाह र खान युनूस क्षेत्रको भ्रमण गरेको जानकारी दिनुभयो ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com