काठमाडौंमा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य दुर्घटना

Posted by boudhasancharadmin on 2024-12-01 03:58:30 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 139


काठमाडौंमा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा रोकिराखेको टिपरमा ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–१४, मुरलीबगैँचा घर भई काठमाडौंको काँडाघारी, हात्तीडाँडामा बस्दै आएका ४५ वर्षीय सञ्जय सिंह रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, “जडीबुटीस्थित सडकमा रोकिराखेको बा४ख ६१८२ नम्बरको टिपरमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा गए राति निज मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।”

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको प्रवक्ता कार्कीले बताए ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com