दुर्गा प्रसाईँको म्याद थप प्रक्रिया सुरू- सरकारी वकिल कार्यालय लगियो

अन्य राष्ट्रिय

Posted by boudhasancharadmin on 2025-04-11 04:39:55 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 70


दुर्गा प्रसाईँको म्याद थप प्रक्रिया सुरू- सरकारी वकिल कार्यालय लगियो

राजतन्त्र पुन:स्थापना जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईँको म्याद थप प्रक्रिया सुरू गरिएको छ । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका उनलाई चन्द्रगढीबाट जहाजमा काठमाडौं ल्याइएको थियो । 

उनलाई त्रिभुवन विमानस्थलबाट सिधै जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो । उनलाई प्रहरीले म्याद थपको प्रक्रिया सुरू गरेको छ । काठमाडौं जिल्ला अदालत लैजानुअघि अहिले उनलाई सरकारी वकिलको कार्यालयमा प्रशासनिक प्रक्रियाका लागि लगिएको छ ।पत्रकार र भिड छल्दै प्रहरीले भ्यान सिधै सरकारी वकिल कार्यालयको पार्किङमा हालेको थियो ।उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको थियो ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com