काठमाडौं उपत्यकामा हल्का वर्षा

मौसम राष्ट्रिय

Posted by boudhasancharadmin on 2025-04-09 06:16:20 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 75


काठमाडौं उपत्यकामा हल्का वर्षा

काठमाडौं उपत्यकामा आज हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार अपराह्न काठमाडौंको साँखु, मूलपानी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा वर्षा भएको छ । मौसमविद् गोविन्द झाका अनुसार बंगालको खाडीबाट आएको वायु र स्थानीय वायुबाट बनेको प्रणालीले हल्का वर्षा भएको हो । 

महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, खोटाङ, लमजुङ, पाल्पा र सल्यानमा वर्षा भएको छ । वर्षा नभएपछि विगत केही हप्तादेखि खराब अवस्थामा रहेको काठमाडौंको वायुमा केही सुधार आएको छ ।

निरन्तर निकै खराब अवस्थामा रहेको वायु प्रदूषणमा बुधबार सुधार देखिएको छ । अहिले काठमाडौंको एक्यूआई १७७ छ भने भक्तपुरको १५६ र पाटनको १६१ छ । यो अवस्था पनि खराब नै हो । तर, यसअघि काठमाडौंको वायु प्रदूषण २७७ एक्यूआईसम्म पुगेको थियो । त्यसमा सुधार आएको हो । वर्षा भएपछि वायु प्रदूषणमा सुधार आउने अपेक्षा छ । 

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com