लागू औषधसहित ३ जना पक्राउ

अन्य फरक

Posted by boudhasancharadmin on 2025-03-03 06:13:50 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 125


लागू औषधसहित ३ जना पक्राउ

जिल्लाको चौदण्डीगढी नगरपालिकाबाट प्रतिबन्धित लागू औषधसहित ३ युवा पक्राउ परेका छन् ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय बेलटारको टोलीले चेकजाँचको क्रममा लागूऔषध फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ का १९ वर्षीय सागर विश्वकर्मा, २१ वर्षीय सञ्जोक राई र २१ वर्षीय  निशान मगर रहेका छन् । उनीहरूको साथबाट ट्रामाडोल १ सय २० एम्पुल, स्पास्पेन १ सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com