सुकेधारामा शंकास्पद अवस्थामा शव भेटियो

अन्य फरक

Posted by boudhasancharadmin on 2025-02-27 05:47:12 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 139


सुकेधारामा शंकास्पद अवस्थामा शव भेटियो

काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक एक जना व्यक्तिको शव भेटिएको छ ।

बुधबार राति धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा राईको मृत्यु शंकास्पद देखिन्छ । ‘सीसी टीभी फुटेज लगायतका अन्य विभिन्न पाटोको अध्ययन गरेर अनुसन्धान थालेका छौं’, ती अधिकृतले भने ।शंकास्पद देखिएपछि यो प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समेत जाँच गरिरहेको छ । कार्यालयका अधिकृतहरुका अनुसार, मृतक राईको टाउकोमा गम्भीर चोटहरु देखिएको छ ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले भने पोष्टमार्टम जाँचपछि नै मृत्युको कारण खुल्ने बताएका छन् ।


Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com