माओवादी संविधान संशोधनको पक्षमा छ -नारायणकाजी श्रेष्ठ

राजनिति राष्ट्रिय

Posted by boudhasancharadmin on 2025-02-20 05:17:23 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 183


माओवादी संविधान संशोधनको पक्षमा छ -नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी संविधान संशोधनको पक्षमा रहेको बताएका छन् ।

बिहीबार माओवादी केन्द्र धरान उपमहानगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले संविधानको मूल मर्मको रक्षा हुने गरी संविधान संशोधन हुनुपर्ने पक्षमा आफूहरू रहेको बताएका हुन् ।

'समग्र जनताको हित, विकास र समृद्धि प्राप्ति गर्न संविधानको मूल मर्मको रक्षा हुने गरी माओवादी संविधान संशोधनको पक्षमा छ,' उनले भने । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताए । उनले सामाजिक र आर्थिक रुपान्तरण नै समृद्धिको आधार रहेको पनि बताए ।
  
लोकतन्त्रको रक्षा गर्न सामाजिक आर्थिक रुपान्तरण आवश्यक रहेको बताउँदै उनले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले साथ दिनुपर्ने बताए ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com