१४ लाख ३० किशोरीले लगाए एचपीभी खोप

स्वास्थ्य स्वास्थ

Posted by boudhasancharadmin on 2025-02-19 05:33:30 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 159


१४ लाख ३० किशोरीले लगाए एचपीभी खोप

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत १४ लाख ३० हजार किशोरीले खोप लगाएका छन् । सरकारले गत माघ २२ गतेदेखि फागुन ६ गतेभित्र १४ लाख ३० हजार किशोरीले खोप लगाएका हुन् । 

दुई सातको अभियानमा सरकारले अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको थियो । तर सो मार्फत करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका हुन् । कारणवश खोप लगाउन छुटेका र लगाउन खोज्नेलाई खोप लगाइदिने स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए । 

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । 

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com