सम्पादक: कपिल उप्रेती
ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५
फोन नम्बर: +९७७-९८५१००१७२६

Posted by boudhasancharadmin on 2025-02-18 05:21:10 |
हामी मध्ये धेरैको कतिपय औषधिलाई टुक्र्याएर खाने बानी हुन्छ । कहिलेकाहीँ औषधिको डोज घटाउन वा सजिलोसँग खान यो तरिका अपनाइन्छ। कुनै बेला यदि औषधिको आवश्यक परेको छैन तर हल्का समस्या भइरहेको छ भने औषधि कम खाँदा जोखिम कम हुने सोचले औषधि भाँचेर खाने बानी हुनसक्छ ।
तर, यसरी आफुखुसी औषधिलाई टुक्रा बनाएर खान कति सुरक्षित हुन्छ, हामीले सोच्ने गरेका छौँ त ?
यदि औषधि भाँचेर खान मिल्छ भनेर लेखिएको छ भने खान सकिन्छ । औषधिको बीच भागमा रेखा खिचिएको छ भने पनि खान मिल्छ ।तर, यस्तो कुनै पनि निर्देशन दिइएको छैन भने खान हुँदैन । यसको बाबजुद पनि दुविधा भइरहेको छ भने चिकित्सककै परामर्श लिएर मात्र औषधि टुक्र्याउनुपर्छ।
सम्पादक: कपिल उप्रेती
ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५
फोन नम्बर: +९७७-९८५१००१७२६