सुधार केन्द्रभित्रै कुटपिट हुँदा एक जनाको मृत्यु

अन्य फरक

Posted by boudhasancharadmin on 2025-02-14 04:24:40 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 155


सुधार केन्द्रभित्रै कुटपिट हुँदा एक जनाको मृत्यु

बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुन स्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङका अनुसार गएराति भएको कुटपिटका क्रममा कलैया उपमहानगरपालिका–९ का धिरेन्द्र भनिने प्रदिप प्रसाद मण्डलको निधन भएको हो । सुधार केन्द्रमा राति २ बजे कुटपिट भएको थियो ।

मृतक मण्डल सुधार केन्द्रमा गत १५ दिनअघि मात्रै भर्ना भएका थिए । सुधार केन्द्रमा भएका अन्य व्यक्तिसँग उनले वादविवाद गरेपछि कुटपिट भएको थियो । कुटपिटपछि घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो । त्यहाँ नै चिकित्सकले उनको मृत्यु घोषणा गरेको एसपी तामाङले बताए ।
कुटपिटमा संलग्न अन्य ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एसपी तामाङका अनुसार अहिले पीडित पक्षबाट जाहेरी दिने काम भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com