उदयपुरमा प्याराग्लाइडिङ दुर्घटना, जापानका नागरिकको मृत्यु

स्वास्थ्य दुर्घटना

Posted by boudhasancharadmin on 2025-02-07 05:30:13 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 133


उदयपुरमा प्याराग्लाइडिङ दुर्घटना, जापानका नागरिकको मृत्यु

उदयपुरको बेलकामा प्याराग्लाइडिङ दुर्घटना हुँदा जापानका नागरिकको मृत्यु भएको छ ।
प्याराग्लाइडिङ दुर्घटनामा परेर ७२ वर्षीय काजी ताकासीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका जापानीज नागरिक ४ जनाको टोलीमा नेपाल घुम्न आएका थिए ।बेलका नगरपालिका–८ बोक्ताङ डाँडामा प्याराग्लाइडिङ सञ्चालनमा छ । आफैं प्याराग्लाइडिङ गरेर उडेका जापानीज नागरिक त्यहीँको फुटबल मैदानमा ‘ल्याण्ड’ गर्ने क्रममा घाइते भएका थिए ।
घाइते अवस्थाका उनलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले जानकारी दिए ।उनका अनुसार शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको छ ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com