नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियान सुरु

स्वास्थ्य स्वास्थ

Posted by boudhasancharadmin on 2025-02-04 05:45:29 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 118


नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियान सुरु

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन सुरु गरिएको बताएका छन् ।
उनले यो खोपबाट कोही पनि किशोरी वञ्चित हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट प्रचारप्रसार र सहयोग गर्न आग्रह गरे । आज एचपिभी खोप अभियान २०८१ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, “देशैभर खोप र जनशक्ति पुगेकाले लक्षित वर्ग खोपबाट नछुटून् भन्ने उद्देश्य सरकारको छ, निरोगी नेपाल बनाउन यसले सहयोग पुर्याउनेछ, भविष्यमा नेपाललाई स्वस्थ बनाउन अभियानले काम गर्नेछ ।”
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले पाठेघरको मुखको क्यान्सरको समस्या सधैँका लागि समाधान गर्ने उद्देश्यले खोप अभियान सुरु गरिएको बताए । उनले भने, “हरेक वर्ष हामीले नियमित खोप तालिकामार्फत यो खोप किशोरीहरुलाई दिनेछौँ, प्रत्येक बालबालिकाको सुरक्षित भविष्य बनाउने सुनिश्चितता गर्न चाहन्छौँ ।”
कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा विकास देवकोटाले १४५ देशमा प्रयोग भइरहेको यो खोप नेपालले पनि समावेश गर्न पाउँदा गर्व लागेको बताए । उनले भने, “देशमा नसर्ने रोगको भार बढिरहेको छ, जसमा क्यान्सरको भार झन् बढ्दो छ, हरेक दिन छ जनामा पाठेघरको मुखको क्यान्सर देखिने र चार जनाको मृत्यु हुने गरेको छ, त्यसैले किशोरावस्थामा नै एचपिभी खोप अभियान सुरु गरेका हौँ, यो विद्यालय केन्द्रित खोप अभियान हो, छुटेका र विद्यालय बाहिरका छात्रालाई खोप दिइनेछ ।
मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान आगामी फागुन ६ गतेसम्म देशभर सञ्चालन गरेको छ । कुल १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य सरकारको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com