हजारौं नेपालीहरु कतिबेला अमेरिकाबाट फर्किनुपर्ने हो टुङ्गो छैनः प्रचण्ड

वर्तमान मामिला बैदेशिक

Posted by boudhasancharadmin on 2025-01-27 04:20:43 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 88


हजारौं नेपालीहरु कतिबेला अमेरिकाबाट फर्किनुपर्ने हो टुङ्गो छैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  तेह्रथुमको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमि, माटोको माया नगर्ने प्रवृतिका कारण विदेश जाने प्रवृति बढ्दै भएको बताए ।

मलाई कता–कता आजभोलि देशभक्तिको भावना कमी हुँदै गएको हो की ? आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको हो की ? भन्ने चिन्ता लागेको छ । म आम समुदायलाई अपिल गर्न चाहान्छु– हामी हाम्रा छोराछोरीहरुलाई, हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफै धनि, आफैं आत्मनिर्भ बन्नेबाटो तर्फ प्रेरित गरौं । विदेश पठाउन हतार नगरौं,’– उनले भने ।

अहिले अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौं प्रवासीलाई विस्तापित हुने अवस्था आएको प्रचण्डले बताए । कतिबेला हजारौं नेपालीहरु फर्केर नेपाल आउँनुपर्ने हो भन्ने टुंग्गो नरहेको प्रचण्डको भनाइ छ । मध्यपूर्वमा पनि कति बेला ठूलो लडाई भएर नेपालीहरु फर्किन पर्ने हो टुंग्गो नरहेको बताउँदै प्रचण्डले आफ्नै देशको माटोमा पौरख खोज्न आग्रह गरे । स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गर्नुपर्नेमा उनले जोड दिए ।

देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता र साहसकोको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन भन्ने स्थापित भएका कारण नेपालीहरुले यहीँका सम्भावनालाई अवसरमा बदल्नुपर्ने उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको जानकारी दिए ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com