७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

स्वास्थ्य स्वास्थ

Posted by boudhasancharadmin on 2025-01-26 04:57:05 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 115


७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध खोप बाजुराका सात हजार बढी किशोरीलाई लगाइने भएको छ ।

जिल्लाका नौ स्थानीय तहका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँका सात हजार आठ सय ९४ किशोरीलाई यही माघ २२ गतेदेखि चार नगरपालिका र पाँच गाउँपालिकामा पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्काले जानकारी दिए ।

जिल्लामा रहेका किशोरीलाई विद्यालयमा र विद्यालय बाहिर रहेका किशोरीलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखामार्फत खोप लगाउन स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com