काठमाडौंको वायु प्रदुषण उच्च तहमा

स्वास्थ्य प्रदुषण

Posted by boudhasancharadmin on 2025-01-23 04:52:11 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 139


काठमाडौंको वायु प्रदुषण उच्च तहमा

काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको छ। बिहीबार ११:३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५० भन्दा माथि पुगेको वातावरण विभागले जनाएको छ।

शखपार्क क्षेत्रमा एक्यूआई १८३ पुगेको छ। त्यहाँको पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको भनाइ छ।काठमाडौंको रत्नपर्क र लतिलपुरको खुमलटारमा वायु प्रदूषणको तह क्रमशः १७१ र १५७ एक्यूआई छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार वायुको गुणस्तर मापदण्ड अनुसार एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानिन्छ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com