हत्या गरेको आरोपमा पक्राउ

अन्य अन्य

Posted by boudhasancharadmin on 2025-01-17 04:50:38 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 117


हत्या गरेको आरोपमा पक्राउ

हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। सियारी गाउँपालिका-७ हिरागंजस्थित न्यू कामना इँटा उद्योगमा काम गरी बस्ने भारत गोरखपुर जगल-६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका-६ वर्दहवाका २४ वर्षीय कृष्ण केवटलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। 


उनीहरू बीच एकआपसमा झगडा भई कुटपिट हुँदा गम्भीर घाइते भएका निष्ठुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com