४ प्रतिशतले बढ्यो धान उत्पादन

अर्थतन्त्र राष्ट्रिय

Posted by boudhasancharadmin on 2025-01-03 05:03:53 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 135


 ४ प्रतिशतले बढ्यो धान उत्पादन

यो वर्ष धान उत्पादन ४.०४ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको हो । 


चैते र वर्षे दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यो क्षेत्रफल भने गत आवको १.२८ प्रतिशतले कमी हो । मन्त्रालयका अनुसार यो वर्ष उत्पादकत्व बढेको छ । यो वर्ष औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com