के भएको थियो सचिन परियारलाई?

स्वास्थ्य स्वास्थ

Posted by boudhasancharadmin on 2025-01-02 06:27:31 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 120


के भएको थियो  सचिन परियारलाई?

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बालगायक सचिन परियारको बिहीबार बिहान करिब साढे १० बजेतिर निधन भएको छ। लामो समयदेखि विभिन्न समस्यासँग जुद्धै आएका सचिनलाई पछिल्लो समय संक्रमणको उपचारका लागि अस्पताल भर्ना लगिएको थियो।

अस्पतालमा भर्ना गर्दा उनको अवस्था गम्भीर थियो। उपचारमा संलग्न एक चिकित्सकका अनुसार सचिनलाई अस्पतालमा भर्ना गर्दा 'सेप्टिक सक'मा थिए। सेप्टिक सकको अवस्था भनेको शरीरमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अङ्गलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भइ अवस्था गम्भीर हुनु हो। 


गम्भीर अवस्थामा रहेका सचिनलाई आइसीयूमा राखेर उपचार भइरहेको थियो। तर चिकित्सकहरुले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ।


सचिनलाई मस्तिष्कमा पानी जम्ने समस्याले लामो समयदेखि सताइरहेको थियो। यसका साथै उनलाई डाइबिटिज इन्सिपिडसको पनि समस्या थियो। चिकित्सकहरुका अनुसार डाइबिटिज इन्सिपिडसको समस्या भनेको निकै दुर्लभ समस्या हो। 

सचिनको ६ महिना अघि नै त्रिवि शिक्षण अस्पतालमा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो। यसका साथै सचिनको समस्या बढ्दै गएर कम्मरभन्दा मुनीको भाग समेत नचल्ने अवस्था आइसकेको थियो। 

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com