‘टोपी दिवस’विरुद्ध जनमत पार्टीले मनायो ‘धोती दिवस’

अन्य फरक

Posted by boudhasancharadmin on 2025-01-01 04:08:20 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 89


‘टोपी दिवस’विरुद्ध जनमत पार्टीले मनायो ‘धोती दिवस’

जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको छ । काठमाडौंको माइतीघरलगायत विभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो । 

आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन जनमतका अध्यक्ष सिके राउतलगायत नेता माइतीघरमा सहभागी भएका थिए ।

उनीहरूले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भनेर हेप्न पाइँदैन’, ‘धोती हाम्रो राष्ट्रिय पोसाक हो’लगायतका प्लेकार्ड देखाएका थिए ।

सो क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सबै जातजातिको आफ्नै भेषभूषा रहेको र त्यसलाई सबैले आफ्नो सम्पत्ति मान्नुपर्ने बताए । एक दशकयता जनवरी १ तारिखलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । त्यसैका विरुद्ध जनमतले पनि केही वर्षयता सोही दिनलाई धोती दिवसका रूपमा मनाउन थालेको हो । 

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com