हुस्सुका कारण हवाइ उडान ठप्प

अन्य राष्ट्रिय

Posted by boudhasancharadmin on 2024-12-10 03:29:16 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 102


हुस्सुका कारण हवाइ उडान ठप्प

मौसममा आएको परिवर्तनसंगै हुस्सुका कारण पूर्वी क्षेत्रका अधिकांश विमानस्थलमा मंगलबार बिहान उडान ठप्प भएको छ।बाक्लो हुस्सुका कारण मध्याह्न करिब १२ बजेसम्म अधिकांश विमानस्थलमा उडान र अवतरण हुन सकेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहान जनकपुर, सिमरा, भद्रपुर, विराटनगर, चन्द्रगढी, राजविराज लगायत विमानस्थलमा उडान, अवतरण हुन सकेन।

विमानस्थल कार्यालयका अनुसार चन्द्रगढी, राजविराज र सिमरा विमानस्थलमा भने भर्खरै मात्र उडान भएको छ भने जनकपुर र विराटनगरमा भो अझै हुन सकेको छैन।तोकिएको समयमा उडान हुन नसकेपछि यात्रुले सास्ती खेप्न परेको छ। 

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com