प्रचण्ड भन्छन: मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ

राजनिति राष्ट्रिय

Posted by boudhasancharadmin on 2024-12-04 05:16:23 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 144


 प्रचण्ड भन्छन: मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन्  ।गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै प्रचण्डले देशमा फेरि एकपटक नयाँ क्रान्तिको आवश्यकता भएको बताएका हुन् । 

प्रचण्ड भन्छन, 'उतिबेला हामीले भनेका थियौं, अब देश गणतन्त्रमा त जान्छ जान्छ तर, यसलाई प्रतिक्रियावादीहरूले आफूले चाहेजस्तो बनाउन खोज्ने छन्, हामी हामीले चाहेजस्तो बनाउन खोज्ने छौं, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौं, त्यो विन्दु अब नजिक आएको छ',

उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए । लाखौं लाख जनता सडकमा लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको रूपमा छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने प्रचण्डको भनाइ छ । 

उनले नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको शुरूआत गरिसकेको बताए । 

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com