रोमानिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

वर्तमान मामिला ठगी

Posted by boudhasancharadmin on 2024-12-04 04:09:06 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 139


रोमानिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा, सुनसरीको इनरुवा नगरपालिका-६ मधेषा ठेगाना भएका २९ वर्षीय सन्जीव चौधरी पक्राउ परेका छन्।

सन्जीवले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सोल्टिमोडबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com