यी हुन् नेपाल र चीनबीच भएका ९ बुदेँ समझदारी

अर्थतन्त्र अन्तर्राष्ट्रिय

Posted by boudhasancharadmin on 2024-12-03 03:08:59 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 100


यी हुन् नेपाल र चीनबीच भएका ९ बुदेँ समझदारी

नेपाल र चीनबीच मंगलबार चीनको बेइजिङमा ९ वटा समझदारीपत्र तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  

 चारदिने चीन भ्रमणमा क्रममा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको बेइजिङबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । ‘नेपाल र चीनविचमा आज ९ वटा समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ’ उनले भने । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको थियो । त्यसपछि दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

 समझदारी र सहमतिमा उल्लेख भएका बुदाँहरूः 

 -टोखा छहरे सुरुङ मार्गसम्बन्धी समझदारी

-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी

-नौतले वसन्तपुर दरबार पुननिर्माण सम्बन्न सम्बन्धी प्रमाणपत्र आदान प्रदान

-प्रशोधित बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल

-विकास निर्माणसम्बन्धी समझदारी पत्र

-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र

-नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान

-स्यंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी

-एनटीभी र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल: 
@gmail.com

boudhasanchar@gmail.com