अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान

अन्य अन्य

Posted by boudhasancharadmin on 2025-06-16 06:19:35 |

Share: Facebook Icon | Twitter Icon | WhatsApp Icon | Visits: 49


अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान

भारत आइरहेको जर्मन ध्वजावाहक विमान सेवा प्रदायक कम्पनी लुफ्थान्साको अवतरणको अनुमति नपाएपछि जर्मनी नै फर्किएको छ । फ्र्याङ्कफर्टबाट हैदरावाद आइरहेको लुफ्थान्साको फ्लाइट एलएच७५२ सोमबार बिहान हैदरावादको राजिव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु पर्थ्यो । 

तर, बमको धम्की प्राप्त भएपछि विमानस्थलका अधिकारीहरूले विमानलाई अवतरणको अनुमति नदिएको र उडान फ्र्याङ्कफर्ट नै फर्किएको भन्दै समाचारहरू छापिएका छन् ।अवतरणको अनुमति नपाएपछि आधा बाटोबाटै विमान फर्किएको लुफ्थान्साको भनाई उद्धृत गर्दै समाचार संस्था एएनआईले लेखेको छ । विमान फर्किदा भारतीय हजाई क्षेत्रमा नछिरको बुझिएको छ । उडानलाई भारतीय भूमिमा अवतरण गर्न किन अनुमति दिइएन भन्ने कुरा थाहा भएको छैन । केही स्रोतहरूका अनुसार यो प्राविधिक वा प्रशासनिक कारणले हुन सक्ने मानिएको छ । 


Leave a Comment:
Contact Icon
सम्पर्क

सम्पादक: कपिल उप्रेती

ठेगाना : गोकार्णेश्वर ना. पा. वडा नं. ५

फोन नम्बर: +९७७-९८५१००१७२६

इमेल:

boudhasanchar@gmail.com